दफा ४२
राशन खरिद सम्बन्धी विशेष व्यवस्था
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायले राशन खरिद गर्दा देहायका विषयमा तोकिए बमोजिमको कार्यविधि अपनाउनु पर्नेछः –
(क) लागत अनुमान र सोको स्वीकृति,
(ख) मूल्यवृद्घि,
(ग) बोलपत्रदाताको ग्राह्यता,
(घ) बोलपत्र जमानत,
(ङ) बोलपत्रको दाखिला, र
(च) तोकिए बमोजिमको अन्य विषय ।
(२) उपदफा (१) मा उल्लेख भए बाहेकका अन्य कार्यविधिहरु यस ऐनमा व्यवस्था भए बमोजिम नै हुनेछन्।